National life

साना किसान लघुवित्तको खुद नाफा ८१ करोड ४१ लाख,प्रतिसेयर वितरणयोग्य नाफा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
434Shares
साना किसान लघुवित्तको खुद नाफा ८१ करोड ४१ लाख,प्रतिसेयर वितरणयोग्य नाफा कति ?
ncell

काठमाडौं। साना किसान लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष(२०७९/८०) को चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ८१ करोड ४१ लाख ४१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७५ प्रतिशत धेरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ७३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.९७प्रतिशतले बढेर १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रुपैयाँ पुगेपछि खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषको आकार पनि १०१.१६ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

वितरणयोग्य १ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढी रहँदा प्रतिसेयर वितरणयोग्य नाफा ५२.२१ रुपैयाँ देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?