National life

सानिमा जीआईसीको नाफा तथा व्यवसायमा वृद्धि, सबै सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
1KShares
सानिमा जीआईसीको नाफा तथा व्यवसायमा वृद्धि, सबै सूचकमा देखियो प्रगति
ncell

काठमाडौँ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा १०.१३ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीले गत आवमा कुल २ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा १.३३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

https://aarthikvoice.com/archives/61794

यस अवधिमा कम्पनीको बीमा कोषको आकार २२.२९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख तथा जगेडा कोषमा १८ करोड ३२ लाख रुपैयाँ र अन्य इक्वीटीमा १३ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) १५ रुपैयाँ ९१ पैसाबाट बढेर १६ रुपैयाँ ३ पैसा पुगेको छ । कम्पनीको नेटवर्थ १५२ रुपैयाँ १२ पैसा कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?