National life

सानिमा रिलायन्सले सम्पन्न गर्‍यो कर्मचारी तालिम

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
406Shares
सानिमा रिलायन्सले सम्पन्न गर्‍यो कर्मचारी तालिम
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकासका लागि दुई दिने आवासीय तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

"संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण" विषयक तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलसहित प्रमुख कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिम नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारी र सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले सञ्चालन गरेका थिए। उप निर्देशक सोडारीले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण प्रदान गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कार्यस्थलमा नैतिक मान्यता, अनुपालन आवश्यकताहरू र सहकर्मी तथा अन्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम राख्नका लागि आवश्यक परिवर्तनका विषयमा छलफल गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारीले यसलाई कडाइका साथ पालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा लागू गरी व्यक्तिगत मूल्य र मान्यताको कदर गर्दै कर्मचारी दक्षता र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १६९ शाखा तथा उपशाखा र १८ योजना मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा २१,००० भन्दा बढी अभिकर्ताहरू आबद्ध छन्।

यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?