National life

सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ जेठ २०८१, सोमबार
433Shares
सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न
ncell

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न गरेको छ । कम्पनीको नारायणगढ क्षेत्र अन्तर्गत हेटौंडा एरियाको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न भएको हो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)निराजन कंडेलको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ६५ जना अभिकर्ताको उपस्थिति रहेको थियो ।

उक्त कार्यशालामा कम्पनीका डेपुटी सीईओ कंडेलले ब्यक्तिगत वित्त व्यवस्थापन र लगानी विकेन्द्रिकरणको विषयमा अभिकर्तासमक्ष प्रकाश पारेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, उनले जीवनमा सुरक्षाको महत्व कति छ र जीवन बीमा किन आवश्यक छ, भन्ने बिषयमा प्रस्ट पारेका थिए ।

उक्त अवसरमा पैसाको महत्व,कमाई अनुसार कति बचत गर्ने, खर्च नियन्त्रण,बचतलाई लगानीमा परिणत गर्ने तौरतरिका, कमाई गर्ने स्रोत र दैनिक योजना कसरी बनाउने भन्ने बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।

उक्त कार्यक्रम हेटौंडा एरियाका प्रमुख सूर्य गिरीले सञ्चालन गरेका थिए ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?