National life

सानिमा रिलायन्स लाइफको नाफा ३७.४७ करोड, सबै सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
553Shares
सानिमा रिलायन्स लाइफको नाफा ३७.४७ करोड, सबै सूचकमा देखियो प्रगति
ncell

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.६० प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ३५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिसम्म कम्पनीले ८ अर्ब ६९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा १५.४९ प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च १५.८१ प्रतिशतले बढेर ८ अर्ब ३१ करोड पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीले ६ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो आर्जन अघिल्लो आवको तुलनामा १५.२९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ५ अर्ब ८६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ३४.६० प्रतिशतले बढेर २९ करोड २१ लाख रुपैयाा पुगेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ३३ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ५.७३ पुगेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १११ रुपैयाँ ५९ पैसा रहेको छ । साथै कम्पनीको जगेडा कोषमा ३४ करोड ३६ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?