National life
cg eloctronics

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर: अधिकतम ७५ रुपैयाँसम्म बोनस पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२३ मंसिर २०८२, मङ्गलबार
623Shares
सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर: अधिकतम ७५ रुपैयाँसम्म बोनस पाइने
muktinatha bikash bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा आफ्नो नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न बीमा योजनाअनुसार बीमितले पाउने बोनस रकम पुनः निर्धारण गरेको हो।

नयाँ दरअनुसार सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। सावधिक जीवन बीमा योजना (एकल) मा यो दर न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्रिपल सावधिक तथा दम्पत्ति सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस तोकिएको छ। त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा प्रतिहजार ३५ देखि ७० रुपैयाँसम्मको बोनसदर लागू हुनेछ।

अग्रिम भुक्तानी बीमा योजनामा न्यूनतम ३२ देखि अधिकतम ४२ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी योजनामा १९ देखि २१ रुपैयाँसम्म, र मुद्दति सुरक्षा बीमा योजना (नियमित शुल्क) मा सबै अवधिका लागि समान २४ रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

everest bank

मुद्दति सुरक्षा बीमा योजना (एकल शुल्क) का सबै बीमा अवधिमा प्रतिहजार ५४ रुपैयाँ बोनस निर्धारण गरिएको छ। १५ वर्षे अग्रिम भुक्तानी योजनामा समान ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा समान ४५ रुपैयाँ र रूपान्तरण गरिएको वार्षिक अग्रिम भुक्तानी योजनाका सबै अवधिमा प्रतिहजार ३० रुपैयाँ बोनस लागू हुनेछ।

सामूहिक सावधिक बीमा योजनामा सबै अवधिका लागि समान २० रुपैयाँ बोनस हुनेछ। अर्को व्यवस्था अनुसार सावधिक तथा आजीवन बीमा योजनामा ३० देखि ६० रुपैयाँ, सावधिक बीमा योजनामा ३० देखि ७५ रुपैयाँ, सीमित भुक्तानी सावधिक योजनामा ४० देखि ६५ रुपैयाँ, बाल सावधिकका एक योजनामा २२ देखि ४५ रुपैयाँ र अर्को योजनामा २० देखि ३४ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ।

कम्पनीका अनुसार निर्धारण गरिएको यो बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, पूर्ण वा आंशिक अवधि पूरा भएको दाबी तथा चालू बीमालेखहरूमा लागू हुनेछ। साथै आगामी बीमांकीय मूल्यांकनका आधारमा नेपाल बीमा प्राधिकरणले फरक व्यवस्था नगरेसम्म यसै बोनसदरलाई सबै सम्बन्धित दाबीहरूमा निरन्तर लागू गरिने स्पष्ट गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?