National life

सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
734Shares
सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

संचालक समितिको निर्णयले सभा असार २२ गते काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा विहान ११ बजेदेखि सुरु हुनेगरि आह्वान गरेको छ ।

सभाले बोनस शेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव अनुमोदन गर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७८.७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने छ । जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

त्यस्तै सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?