National life
cg eloctronics

सिटिजन लाइफको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश शेयरधनीको खातामा आजै डिपोजिट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१८ पुस २०८२, शुक्रबार
1.4kShares
सिटिजन लाइफको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश शेयरधनीको खातामा आजै डिपोजिट
muktinatha bikash bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज बिहान काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सम्पन्न भएको छ।

साधारण सभाले कम्पनीको गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम ५ अर्ब रुपैयाँ चुक्तापुँजीको २० प्रतिशत, अर्थात् १ अर्ब रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।उक्त प्रस्ताव पारित सहित नगद लाभांश आजै शेयर धनीको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीसहितका वित्तीय विवरणहरू पनि स्वीकृत भएका छन्।

everest bank

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित भएको छ। लेखापरीक्षण समितिको सिफारिसअनुसार हालका लेखापरीक्षक एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्तिका लागि योग्य रहने निर्णय गरिएको छ।

साधारण सभाले बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र सञ्चालक नियुक्तिको विषयमा जानकारी लिएको छ। साथै, सञ्चालक समिति सदस्यहरूको सेवा–सुविधा, कम्पनीबाट प्रदान गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भएका खर्चहरू अनुमोदन गर्ने प्रस्तावहरू समेत पारित गरेको छ।

कम्पनीले सुदृढ वित्तीय अवस्था, पारदर्शी व्यवस्थापन र दीगो व्यावसायिक रणनीतिका माध्यमबाट आगामी दिनमा बीमित र सेयरधनीको हितमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?