National life

सिटिजन लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश, बीमितहरुलाई उच्चतम प्रतिफल र लाभ दिने प्रतिबद्धता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
453Shares
सिटिजन लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश, बीमितहरुलाई उच्चतम प्रतिफल र लाभ दिने प्रतिबद्धता
ncell

काठमाडौं । जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्सले छैठाैं वार्षिकोत्सव मनाउँदैछ । उज्जवल भविष्यका लागी वित्तीय सुरक्षाको सुनिश्चितता भन्ने नाराका साथ देशैभर विशेष कार्यक्रमको आयाेजना गर्दै वार्षिकोत्सव मनाउने भएको हो ।

सिजिटन लाइफ इन्स्योरेन्स कम्पनी आजबाट सातौं वर्षमा प्रवेश गरेको हाे । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आजबाट छ वर्ष पुरा भई सातौं वर्षमा प्रवेश गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘जीवन बीमा जरुरी छ’ नारासहित सुरु भएको सिटिजन लाइफले सुरुवाती दुई वर्ष संस्थागत विकासमा संघर्ष गरेको कम्पनीले पछिल्लो दुई वर्ष कोरोना महामारीका बीचमा उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि बढ्ने क्रममा कोरोनापछिको अवस्थामा अझै उत्कृष्ट नतिजा दिँदै अब सक्षम र सबल जीवन बीमा कम्पनीको परिचय बनाउन सफल भइसकेको छ ।

स्थापनाको सुरुवातदेखि नै जीवन बीमाको दीगो विकासमा प्रतिबद्ध हुँदै अघि बढेको कम्पनी आजको मितिसम्म आईपुग्दा जीवन बीमा सेवा सरल, छरितो र उत्कृष्ट प्रदान गर्दै आइरहेको छ । बार्षिकोत्सवकै अवसरमा कम्पनीले लगानीकर्ता तथा बीमितहरुलाई उच्चतम प्रतिफल र लाभ दिने प्रतिबद्धता व्यक्त गरेको छ । सातौैं वर्ष प्रवेशको अवसरमा कम्पनीले हरेक वर्ष आकर्षक प्रगति गर्दै, हरेक वर्ष नेपालीहरुको मुहारमा थप मुस्कान छर्दै उद्घोषका साथ नयाँ प्रतिबद्धता व्यक्त गरेको छ ।

छैटौं बार्षिकोत्सवको अवसरमा कम्पनीले सबै बीमित, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकाय, शेयरधनी लगानीकर्ताहरु सञ्चालक समिति र कम्पनीमा आजका अवस्थामा ल्याईपुर्याउन योगदान पुर्याउने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

सातौं वर्षमा पुग्दा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भइसकेको छ । हालसम्म ६७ जिल्लामा १४१ वटा शाखामार्फत ९ वटा जीवन बीमा पोलिसीहरु बिक्री गर्दै आइरहेको छ । कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुको संख्या ६१ हजार भन्दा बढि रहेको छ भने १४ लाख १२ हजार बीमितको रक्षावरण गरिएको छ । हालसम्म कम्पनीको जीवन बीमा कोषमा झण्डै १० अर्ब अर्थात नौ अर्ब ४१ करोड रुपैयाँ संचित गर्न सफल भइसकेको सिटिजन लाइफले कूल १६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

बार्षिकोत्सवको अवसरमा सिटिजन लाइफले विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?