काठमाडौँ। साताको तेस्रो कारोबारका दिन समेत सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो तीन कारोबारका दिन सुनको मूल्यमा लगातार गिरावट आएको हो ।
नेपाली बजारमा निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
































