काठमाडौँ। लगातार बढेको सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
यस अगाडि शुक्रवारका दिन भने सुन तोलामा एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।



































