काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो कारोबारको दिन बुधवार सुनको मूल्य तोलामा एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

































