काठमाडौँ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज बढेको छ । नेपाली बजारमा आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यमा वृद्धि भएको छ। डलरको बढ्दो मूल्य र अमेरिकी ट्रेजरी बोन्डको प्रतिफलका कारण केही दिनयता सुनको मूल्यमा दबाब देखिएको छ ।



































