National life
cg eloctronics

सूर्यज्योति लाइफको खुद नाफामा वृद्धि, अन्य सूचक पनि सकारात्मक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
1.4kShares
सूर्यज्योति लाइफको खुद नाफामा वृद्धि, अन्य सूचक पनि सकारात्मक
muktinatha bikash bank

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको असार मसान्तसम्म सो नाफा बढेर ३५ करोड २ लाख रुपैयाँ पुगेको हो।

खुद बीमाशुल्क आर्जनतर्फ पनि सुधार देखिएको छ। अघिल्लो वर्ष ९ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको कम्पनीले गत वर्ष २२.८३ प्रतिशतले वृद्धि गर्दै ११ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो।

everest bank

कम्पनीको कुल आम्दानी १२ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। कुल खर्च पनि बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १२ अर्ब ७ करोड रुपैयाँ थियो।

अभिकर्ता खर्चतर्फ हेर्दा, अघिल्लो वर्ष ८७ करोड ३ लाख रुपैयाँ खर्चिएकोमा यो वर्ष १७.५२ प्रतिशतले बढेर १ अर्ब २ करोड २८ लाख रुपैयाँ पुगेको देखिन्छ।

कम्पनीको जीवन बीमा कोष पनि उल्लेखनीय रुपमा २५.५० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ३३ अर्ब ७१ करोड रुपैयाँ रहेको कोष यो वर्ष ४२ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो।

चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

प्रतिशेयर आम्दानी १० पैसाले बढेर ६ रुपैयाँ ९९ पैसा पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ८५ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?