National life

सेयर र विदेशी मुद्रा कारोबारबाट मात्रै बैंकहरुद्वारा ५ अर्ब बढी आम्दानी, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२० माघ २०८२, मङ्गलबार
971Shares
सेयर र विदेशी मुद्रा कारोबारबाट मात्रै बैंकहरुद्वारा ५ अर्ब बढी आम्दानी, कुन बैंकको कति ?
ncell

काठमाडौँ। वाणिज्य बैंकहरूले सेयर र विदेशी मुद्रा कारोबारबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पाँच अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

बैंकहरूले सेयर कारोबार र विदेशी मुद्रा (विशेषगरी डलर) कारोबारबाट कुल ५ अर्ब २० करोड ८७ लाख रुपैयाँ आम्दानी गरेका हुन्, जुन गत वर्षको सोही अवधिसँग तुलना गर्दा ३४ प्रतिशतभन्दा बढी हो। गत वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूले सोही कारोबारबाट ३ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ कमाएका थिए।

नेपाल राष्ट्र बैंकको नियम अनुसार, वाणिज्य बैंकहरूले एक वर्ष पुरा भइसकेको लगानीबाट प्राथमिक पूँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले बैंकहरूलाई लामो समयसम्म भएको लगानी बिक्री गरेर आम्दानी बढाउन सहज बनाउँछ। बैंकहरूले यसबाट हुने आम्दानीलाई आफ्नो बासलातमा ‘नेट ट्रेडिङ इन्कम’ मा देखाउँछन्। त्यस्तै, विदेशी मुद्रा कारोबारबाट हुने आम्दानी पनि यही सूचकमा समावेश हुन्छ।

यसअघि एक वर्ष पुरा भएको लगानीबाट मात्र १ प्रतिशत सेयर बिक्री गर्न सकिन्थ्यो। तर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूको सेयर बिक्रीमा लचिलो नीति ल्याएपछि यसबाट हुने आम्दानी उल्लेखनीय रूपमा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सेयर कारोबारबाट सबैभन्दा बढी आम्दानी गर्ने बैंक ग्लोबल आइएमई बैंक रहेको छ, जसले ५५ करोड २४ लाख रुपैयाँ कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४६.७० प्रतिशत बढी हो।

त्यसैगरी, नबिल बैंकले ४६ करोड ४३ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४४ करोड २४ लाख, लक्ष्मी सनराइज बैंकले ४० करोड ३८ लाख, हिमालयन बैंकले ३७ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३७ करोड १ लाख, सानिमा बैंकले ३२ करोड ७६ लाख, कुमारी बैंकले ३१ करोड ३१ लाख, प्रभु बैंकले ३० करोड ११ लाख, एभरेष्ट बैंकले २७ करोड ६९ लाख, एनएमबी बैंकले २४ करोड ७६ लाख, सिटिजन्स बैंकले २३ करोड १४ लाख र सिद्धार्थ बैंकले १९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन्।

यसैगरी, माछापुच्छ्रे बैंकले १७ करोड ३५ लाख, प्राइम कमर्सियल बैंकले १६ करोड ८३ लाख, नेपाल एसबीआई बैंकले १४ करोड २७ लाख, एनआइसी एशिया बैंकले ११ करोड ४० लाख र राष्ट्रिय वाणिज्य बैंकले ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेका छन्। अर्कोतर्फ, कृषि विकास बैंकको सेयर र विदेशी मुद्रा कारोबारबाट हुने आम्दानी उक्त अवधिसम्म ऋणात्मक रहेको छ।

समग्रमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले सेयर र विदेशी मुद्रा कारोबारबाट उल्लेखनीय आम्दानी हासिल गरेका छन्। राष्ट्र बैंकको लचिलो नीतिको व्यवस्थाले बैंकहरूको आम्दानीमा वृद्धि ल्याएको देखिन्छ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
971SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?