National life

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जारी गर्यो गम्भिर ध्यानाकर्षण पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
498Shares
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जारी गर्यो गम्भिर ध्यानाकर्षण पत्र
ncell

काठमाडौं । पुराना धितोपत्र दलाल व्यवासायीहरुको गुमराहमा परी अर्थसमितिले निर्देशन जारी गरेको भन्ने आरोपको स्टक ब्रोकर एसोसिएसन अफ नेपालले गम्भिर ध्यानाकर्षण गराएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले प्रेश विज्ञप्ती जारी गर्दै धितोपत्र दलाल व्यवसायीहरु प्रति लक्षित धारणाहरु प्रति गम्भिर ध्यानाकर्षण व्यक्त गरेको हो ।

सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरु भनि गरिएको आरोपलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पूर्ण रुपमा खण्डन गरेको छ। साथै पूँजी बजारका नियामक निकाय तथा बजार सञ्चालकबाट प्राप्त हुने निर्देशनहरुलाई लत्याउदै आएको भन्ने झुठ्ठा, आधारहित, कपोल्कल्पित र अवास्तविक आरोप लगाएको भन्दै एसोसिएसनले खेद व्यक्त गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ एसोसिएसनले तोकिएको समयभित्रै राफसाफ सेवा लगायतका कार्य व्यवसायिक र दक्ष कर्मचारी राखी सम्पन्न गर्न नसकिरहेको कारण लगानीकर्ताहरुको अर्बौको सम्पत्ती जोखिममा रहेको भन्ने कपोकल्पित आरोपलाई पनि विज्ञप्ती मार्फत प्रतिवाद गरेको छ ।

उक्त आरोपलाई अत्यन्तै संवेदनशिल, असान्दर्भिक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको भन्दै यस्ता आधारहिन झुठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाल सबैलाई अनुरोध समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?