काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आज बसेको संचालक समितिको बैठकले यो वर्ष ६.५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । यस्तै कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय बैठकले गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

































