काठमाडौं । सीडीएससीले आजबाट खुल्ने हकप्रद सेयरको जानकारी मोबाइलमार्फत नै दिन सुरु गरेको छ । सीडीएससीले सम्बन्धित कम्पनीहरुसँग समन्वय गरी यस्तो व्यवस्था लागू गरेको जानकारी दिएको छ ।
पहिलोपटक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद निष्काशनको लागि सीडीएससीले एसएमएस एलर्ट पठाएको हो । कम्पनीले ७५ हजारजति लगानीकर्ताको जानकारी पठाए अनुसार एसएमएस पठाइएको सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
सीडीएससीले यसरी म्यासेज पठाउँदा लाग्ने लागत रकम सम्बन्धित कम्पनीबाट लिनेछ। ‘हामीले समन्वय गरेर लगानीकर्तालाई हकप्रद निष्कासनको जानकारी मात्र दिने हो’, न्यौपानेले भने। अबदेखि सूचीकृत सबै कम्पनीको हकप्रद खुला भएको म्यासेज पठाइने सीडीएसको भनाई छ ।




































