काठमाडौँ । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको एफपीओमा आज ५ हजार ४९० जना आवेदकबाट १ लाख ९ हजार ११० कित्ता आवेदनको लागि आवेदन परको छ ।
सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार पहिलो दिन साँझ ५ बजेसम्म उक्त संख्यामा आवेदन परेको हो । बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।
बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्टाउनुपर्ने वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले अनलाइन प्रणाली ‘मेरो सेयर’ वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बिक्री प्रवन्धकको जिम्मा सिटिजन्स क्यापिटललाई दिइएको छ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले एफपीओलाई ‘केयर एनपी बीबीबी (केयर एनपी ट्रिपल बी) ’ रेटिङ प्रदान गरेको छ, जसले समयमै दायित्व पूरा गर्ने क्षमतालाई मध्यम स्तरको संकेत गर्छ।

































