National life

हिमालयन लाइफको नयाँ बोनस दर घोषणा, प्रतिहजारमा अधिकतम ८६ रुपैयाँ पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
905Shares
हिमालयन लाइफको नयाँ बोनस दर घोषणा, प्रतिहजारमा अधिकतम ८६ रुपैयाँ पाइने
ncell

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न जीवन बीमा योजनाअन्तर्गत प्रतिवर्ष प्रतिहजार बीमा रकममा अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP, PSB तथा PSW) अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्म ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्म ४२ रुपैयाँ, २० देखि २४ वर्षसम्म ४५ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६३ रुपैयाँ बोनस दर तोकिएको छ।

सावधिक तथा आजीवन बीमालेख (पीजेएस) अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १०–१४ वर्षका लागि ५० रुपैयाँ, १५–१९ वर्षका लागि ५३ रुपैयाँ, २०–२४ वर्षका लागि ५९ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेखमा १०–१४ वर्षका लागि ५७ रुपैयाँ, १५–१९ वर्षका लागि ६५ रुपैयाँ, २०–२४ वर्षका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि अधिकतम ८६ रुपैयाँ बोनस तोकिएको छ।

जीवन उपहार (अग्रिम भुक्तानी) बीमालेखमा १६ वर्षे अवधिसम्म ५२ रुपैयाँ र जीवन उपहार (सावधिक) बीमालेखमा १५ वर्षे अवधिका लागि ३७ रुपैयाँ बोनसदर कायम गरिएको छ।

सावधिक जीवन बीमालेख (११, १४, १६, १७, १८, १९, २० र २१) अन्तर्गत ९ वर्षे अवधिमा ४३ रुपैयाँदेखि २५ वर्षभन्दा माथिका लागि ७६ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। सावधिक तथा आजीवन बीमालेख (१३) अन्तर्गत भने अवधिअनुसार ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।

कम्पनीले वार्षिक नगद फिर्ता, सुरक्षित भविष्य, कर्पोरेट जीवन बीमा, ३० वर्षे जीवन रक्षक, बालबच्चा सावधिक, सीमित भुक्तानी, अग्रिम भुक्तानी तथा आजीवन, जीवन आधार, जीवन सम्पन्न, जीवन उत्थान, जीवन आवरण र बाल जीवन बीमा योजनाहरूमा पनि विभिन्न अवधिअनुसार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर तोकेको जनाएको छ।

हिमालयन लाइफका अनुसार सार्वजनिक गरिएको बोनस दर बीमितको हितलाई ध्यानमा राख्दै कम्पनीको वित्तीय अवस्थाको आधारमा निर्धारण गरिएको हो। यसले बीमितको दीर्घकालीन बचत र सुरक्षालाई थप मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?