National life

१० महिनामा वाणिज्य बैंकहरूको नाफा ४७ अर्ब ७७ करोड, नबिलको नाफा सबैभन्दा बढी, अन्यको अवस्था कस्तो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० जेठ २०८२, शुक्रबार
553Shares
१० महिनामा वाणिज्य बैंकहरूको नाफा ४७ अर्ब ७७ करोड, नबिलको नाफा सबैभन्दा बढी, अन्यको अवस्था कस्तो ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसै अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत वर्षको वैशाखसम्म बैंकहरूले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

Royal Enfield
nic asia capital
यस अवधिसम्म आइपुग्दा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ ।

चालु आवको पहिलो दश महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिलले ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । त्यसपछि ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब २ करोड रुपैयाँ नाफा कमाउन सफल भएका छन् । सबैभन्दा कम नाफा एनआइसी एशिया बैंकले आर्जन गरेको छ । एनआइसी एशियाले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकहरूको खराब कर्जामा देखिएको वृद्धिका कारण नाफामा दबाब कायम रहेको हो । केही बैंकहरूको इम्पेयरमेन्ट चार्ज अत्यधिक बढेको छ । एनपीएल पनि उच्च अंकमा पुगेको छ । आम्दानीको ठूलो रकम प्रोभिजनका लागि छुट्याउनु पर्ने हुँदा नाफामा दबाब सृजना भएको हो । जसले समग्र बैंकहरूको वित्तीय सूचकलाई प्रभावित पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?