National life

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पुनः पदमा फर्किए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
510Shares
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पुनः पदमा फर्किए
ncell

काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा मंगलबार पुनः पदमा फर्किएका छन्। सर्वोच्च अदालतले उनको बर्खास्तीसम्बन्धी सरकारी निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि ओझाले पुनः अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

अदालतले सरकारका नाममा जारी आदेशमा ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल लागू नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ। साथै, दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पनि भनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले ३० असारमा गठन गरेको छानबिन समितिले ओझाको कार्य अनुभव र योग्यतामा प्रश्न उठाउँदै उनलाई अध्यक्ष पदका लागि अयोग्य ठहर गरेको थियो। सो प्रतिवेदनका आधारमा गत २ भदौको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण र कार्यक्षमताको कमी देखाउँदै बर्खास्त गर्ने निर्णय गरेको थियो।

तर, सो निर्णयविरुद्ध ओझाले २२ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २३ भदौमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै बर्खास्ती तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?