National life

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए पद तथा गोपनीयताको शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
915Shares
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए पद तथा गोपनीयताको शपथ
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ ।

यसअघि, आजै माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल असोज ९ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष शर्मालाई जिम्मेवारी दिएको हो ।

अध्यक्ष शर्मा हाल अर्थ मन्त्रालय अन्तर्गत कार्यरत हुनुहुन्छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले हालको कठिन अवस्थामा बीमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी तुल्याउनु आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “हालैको नयाँ पुस्ताको आन्दोलनको भावना र बदलिँदो परिवेशमा सरकारले लिएका नीति तथा कार्यक्रम अनुसार समग्र बीमा क्षेत्र सेवाको गुणस्तर बढाउँदै आम नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी अघि बढ्नु आवश्यक छ, बीमा कम्पनीहरू प्रचलित कानून बमोजिम अघि बढ्नुपर्छ र प्राधिकरणले पनि नियमनलाई थप प्रभावकारी बनाउनुपर्छ ।”

अध्यक्ष शर्माले भन्नुभयो, “बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाएर समयमैं दाबी भुक्तानी दिनुपर्छ, यसो भएमा बीमाप्रतिको विश्वास बढ्छ र बीमाको दायरा बढ्दै जान्छ, बीमाको दायरा बढ्दै गएपछि लागत पनि कम हुँदै जान्छ ।”

अध्यक्ष शर्माले सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न प्राधिकरणका कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष शर्मा प्राधिकरणमा आउनुहुँदा उहाँलाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
915SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?