National life

अमेरिकी डलरको भाउमा वृद्धि, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
602Shares
अमेरिकी डलरको भाउमा वृद्धि, अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २८ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ४१ पैसा कायम भएको छ । यसअघि बुधबार १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३८ रुपैयाँ ३३ पैसा र खरिददर १३७ रुपैयाँ ७३ पैसा कायम भएको थियो ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७८ रुपैयाँ १५ पैसा खरिददर १७७ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६० पैसा र खरिददर ९ रुपैयाँ ५६ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?