National life

उन्नती सहकार्य लघुवित्तले बोलायो साधारण सभा, मुख्य एजेण्डा मर्जर र सेयर संरचना परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
1KShares
उन्नती सहकार्य लघुवित्तले बोलायो साधारण सभा, मुख्य एजेण्डा मर्जर र सेयर संरचना परिवर्तन
ncell

काठमाडौँ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा सेयर संरचना परिवर्तनका प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ। चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा चैत २८ गते बिहान १० बजे भैरहवास्थित एशियन बुद्ध होटलमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा संस्थाले अन्य लघुवित्त संस्थासँग एकीकरणमा जाने वा कुनै संस्थालाई गाभ्ने र प्राप्ति गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पेश गर्ने तयारी गरेको छ।

यस्तै, सेयर संरचना पुनःव्यवस्थित गर्दै संस्थापकतर्फ ५५.५८ प्रतिशत र सर्वसाधारणतर्फ ४४.४२ प्रतिशत कायम गर्नेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा राखिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने, सोही अवधिको वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने कार्यसूची तय गरिएको छ।

साथै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा गरिएको नियुक्तिलाई अनुमोदन गर्दै बाँकी अवधिका लागि निर्वाचन गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार चैत १५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?