National life

नेपाल लाइफको खुद बीमा शुल्क ११.६१ ले वृद्धि ,अधिकांश सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
636Shares
नेपाल लाइफको खुद बीमा शुल्क ११.६१ ले वृद्धि ,अधिकांश सूचकमा देखियो प्रगति
ncell

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.६४ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ६५ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको यसैअवधिमा कम्पनीलेले ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

https://www.youtube.com/watch?v=tuzYiPzVTHk&t=13s

समिक्षा अवधिमा कम्पनीले ३२ अर्ब ५० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले २९ अर्ब १२ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा ११.६१ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको छ।

यस्तै,कम्पनीको कुल आम्दानी ४२ अर्ब ७९ रूपैयाँबाट बढेर ४७ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ। कम्पनीले रिटेन्ड अर्निङ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष २० प्रतिशतले वृद्धि भएर २ खर्ब २५ अर्ब रूपैयाँ पुगेको छ।गत वर्ष उल्ट कोष १ खर्ब ८८ अर्ब रूपैयाँ रहेकोमा थियो।

कम्पनीको महाविपत्ति कोषमा साढे १ अर्ब ३२ करोड रूपैयाँ रहेको छ तथा जगेडा कोषमा करीब १ अर्ब १८ करोड रूपैयाँ रूपैयाँ सञ्चिति रहेको छ।

चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ रहेको ईपीएस ९.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७०० रुपैयाँ र पीई अनुपात ७०.०१ गुणा कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?