National life
cg eloctronics

फुकुवा भयो तारागाउँ रिजेन्सीको सेयर कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
767Shares
फुकुवा भयो तारागाउँ रिजेन्सीको सेयर कारोबार
muktinatha bikash bank

काठमाडौैं । तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार फुकुवा भएको छ ।

सेयर मूल्यमा प्रभाव पार्ने लाभांश प्रस्तावको निर्णय समयमा नै सार्वजनिक जानकारी नल्याएपछि नेप्सेले तीन दिने स्पष्टीकरण माग्दै हिजो अर्थात् सोमबार धितो पत्रको कारोबार रोक्का गरेको थियो ।

आव २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी नेप्से समक्ष समयमा उपलब्ध नगराएकोले भन्दै सोमबार उक्त होटेललाई कारण सहितको स्पष्टीकरण ३ दिन भित्र पेस गर्न नेप्सेले निर्देशन दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितो पत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितो पत्रको कारोबार मङ्गलवारदेखि खुला गरेको जनाएको छ।

कम्पनीले मङ्सिर १८ गते नेप्से समक्ष मानवीय त्रुटि हुन गएको कारण समयमा जानकारी गराउन नसकिएको तथा आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिबद्धता पत्र मार्फत व्यक्त गरेको थियो ।

कम्पनीलाई धितो पत्र सूचीकरण विनियमावली सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितो पत्रको कारोबार २०८० मङ्सिर १९ गते मङ्गलवारदेखि फुकुवा गरेको हो ।

कम्पनीले गत आव २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

everest bank

आव २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी नेप्से समक्ष समयमा उपलब्ध नगराएकोले भन्दै सोमबार उक्त होटेललाई कारण सहितको स्पष्टीकरण ३ दिन भित्र पेस गर्न नेप्सेले निर्देशन दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?