National life

शिवशिखर बहुउद्देशीय सहकारीको बचतकर्ताहरूलाई अनलाइन मागदावी आवेदन पेश गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ पुस २०८०, बुधबार
596Shares
शिवशिखर बहुउद्देशीय सहकारीको बचतकर्ताहरूलाई अनलाइन मागदावी आवेदन पेश गर्न आग्रह
ncell

काठकाडमौं । बचतकर्ताहरूलाई अनलाइन मागदावी आवेदन पेश गर्न शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले आग्रह गरेको छ ।

बुधबार सूचना प्रकाशन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका बचतकर्तालाई अनलाईनबाटै मागदावी पेश गर्न आग्रह गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकम समितिको वेवसाइट www.coopmc.gov,np मा गई ३५ दिनभित्र आवेदन मार्फत् प्रमाण दावी पेश गर्न समीतिले भनेको हो ।

Royal Enfield
nic asia capital

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भदौ २५ गते शिवशिखर बहुउद्देशीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरेको थियो । सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समिति समक्ष लेखी आएको समितिले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?