National life

भ्रममा परेर हैन निर्धक्क भएर बीमालेख खरिद गर्नुस् : सूर्य ज्योति लाइफ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
610Shares
भ्रममा परेर हैन निर्धक्क भएर बीमालेख खरिद गर्नुस् : सूर्य ज्योति लाइफ
ncell

काठमाडौँ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरूलाई निर्धक्क भएर कम्पनीका जीवन बीमालेख खरिद गर्न र अन्य सेवा सुविधा लिन आग्रह गरेको छ।

केही मिडियाबाट सुनियोजित रूपमा कम्पनीप्रति नकारात्मक असर पुर्‍याउने गरी समाचार प्रकाशित गरिएको भन्दै कम्पनीले ध्यानाकर्षण जनाएको हो। ‘कपोल कल्पित, भ्रामक, अतिरञ्जित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका समाचारहरूप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’, कम्पनीले भनेको छ।

‘नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितो पत्र बोर्ड (सेबोन), सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधिभित्र रही सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको ब्यहोरा जानकारी गराउँछौँ’, कम्पनीले भनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेका आधारहीन समाचारको पछि नलाग्न कम्पनीले ग्राहकमा अनुरोध गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?