National life

सूर्य ज्योति लाइफ इन्सुरेन्सको नाफामा ३१.९० % ले बढोत्तरी, नाफासँगै प्रतिशेयर आम्दानी वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
894Shares
सूर्य ज्योति लाइफ इन्सुरेन्सको नाफामा ३१.९० % ले बढोत्तरी, नाफासँगै प्रतिशेयर आम्दानी वृद्धि
ncell

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सले २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनी आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको छ ।

गत वर्षको सोही अवधिमा इन्सुरेन्सले २२ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको नाफाको तुलनामा यो नाफा ३१.९० प्रतिशतले धेरै हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ।

https://aarthikvoice.com/archives/53062

साथै, यस अवधिमा खुद बिमा शुल्क आर्जन १७.८५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँ भन्दा धेरै छ। चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको कुल खर्च पनि ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ। चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड रुपैयाँ र जगेडा कोषमा ४२ करोड रुपैयाँ सञ्चिति रहेको छ। भने कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा रहेको छ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
894SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?