National life

सहकारी प्रकरणमा पक्राउ परेका सांसद राईलाई तीन दिन हिरासतमा राख्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
694Shares
सहकारी प्रकरणमा पक्राउ परेका सांसद राईलाई तीन दिन हिरासतमा  राख्न आदेश
ncell

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईलाई अनुसन्धान गर्न तीन दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। राईलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

उपत्यका अपराध अनुसन्धानको कार्यालयले कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन संलग्न भएको आरोपमा शनिवार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात् लामो समयदेखि फरार थिइन् ।

Royal Enfield
nic asia capital

माया राई सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। उनलाई काठमाडौँ जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?