National life

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
406Shares
सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक
ncell

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत साविक रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आव २०७८/०७९ मा आधारित बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरिएको हो ।

नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

नयाँ बोनसदर अनुसार मुद्दति सुरक्षण बीमा योजना नियमित शुल्क बीमा पोलिसीमा सबै अवधीमा २४ रुपैयाँ प्रति वर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, मुद्दति सुरक्षण बीमा योजना एकल शुल्कको सबै अवधीका बीमा पोलिसीहरुमा ५४ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, १५ वर्षे अग्रिम भुक्तानी योजनाको बोनसदर प्रतिवर्ष प्रति हजार ४१ रुपैयाँ तोकिएको छ भने २० वर्ष अवधीका बीमा पोलिसीका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

रुपान्तरित बार्षिक अग्रिम भुक्तानी बीमा योजनामा ३० रुपैयाँ प्रतिवर्ष प्रति हजारको दरले बोनस तोकिएको छ । साबिक रिलायन्स लाइफको नयाँ बोनसदर अनुसार सामूहिक सावधिक बीमा पोलिसीका लागि १९ रुपैयाँ बोनस निर्धारण गरिएको छ । त्यस्तै, सावधिक तथा आजिवनमा ३० देखि ६० रुपैयाँ बोनस दर तोकिएको छ ।

साबिक रिलायन्स लाइफ बीमा पोलिसीमा मात्रै लागू हुने नयाँ बोनसदर अनुसार सावधिक बीमा पोलिसीमा नौ वर्षसम्म अवधीका ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधीका ३५ रुपैयाँ, १५ देखि १९ वर्ष ४० रुपैयाँ, २० देखि २४ वर्ष ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले अधिकतम् ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, सीमित भुक्तानी सावधिक बीमा पोलिसीमा ४० रुपैयाँदेखि ६५ रुपैयाँ बोनसदर तोकिएको छ । घोषित बोनसदर अनुसार सर्वाधिक २० हजार ५२८ वटा बीमा पोलिसीले ३५ रुपैयाँ बोनस पाउने देखिएको छ भने दोस्रो ठूलोमा छ हजार ३७८ वटा बीमा पोलिसीले ४५ रुपैयाँ बोनस पाउने देखिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?