National life

एभरेष्ट बैंकद्वारा रत्न राज्य माध्यामिक स्कुलमा सञ्चालन गर्यो खाने पानीको प्लान्ट सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
452Shares
एभरेष्ट बैंकद्वारा रत्न राज्य माध्यामिक स्कुलमा सञ्चालन गर्यो खाने पानीको प्लान्ट सञ्चालन
ncell

काठमाडौं । एभरेष्ट बैंकले रत्न राज्य माध्यमिक स्कुलमा खाने पानीको प्लान्ट सञ्चालन गरिदिएको छ । बैंकले सीएसआर अन्तर्गत मध्य वानेश्वरस्थित सो स्कुलमा प्लान्ट सञ्चालन गरिदिएको हो ।

विद्यालयले आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रमको अवसरमा बैंकले खानेपानि प्लान्ट सञ्चालन गरिदिएको जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह थिए ।

Royal Enfield
nic asia capital

उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।

बैंकको देशैभरि छरिएर रहेको १२७ शाखा संजाल छन् । यसका साथै ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६२ एटीएम रहेको जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?