National life

कर्मचारीहरूमाथि भएको घटनाप्रति ज्योति विकास बैंकद्धारा घोर भत्र्सना, अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
876Shares
कर्मचारीहरूमाथि भएको घटनाप्रति ज्योति विकास बैंकद्धारा घोर भत्र्सना, अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइने
ncell

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको घटनाप्रति घोर भत्र्सना जनाएको छ । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरू राष्ट्रिय स्तरको विकास बैंकमा कार्यरत व्यवसायिक साधक भएको र नीति तथा निर्देशनको पालना गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको स्मरण गराउँदै, यस्ता आपराधिक गतिविधि प्रति घोर निन्दा व्यक्त गरेको छ ।

बैंकका अनुसार कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफलका लागि ऋणीसँग टेलीफोनमार्फत पूर्व संवाद भएपश्चात क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरू फर्म पुगेका थिए ।

त्यहाँ कर्मचारीहरूलाई घण्टौंसम्म नियन्त्रणमा राखी धम्की दिइएको र धितो लिलामी स्थगनसम्बन्धी पत्र उपलब्ध नगराएमा ज्यान लिने चेतावनी दिएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले यस क्रममा सुरक्षा निकायबाट कुनै सहयोग नपाएको पनि जनाएको छ ।

बैंकले अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइएको र भविष्यमा पनि यस्ता घटनाविरुद्ध सदैव कडा उभिने प्रतिबद्धता जनाएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?