National life

नबिल बैंककाे संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
626Shares
नबिल बैंककाे संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा रहेको हो ।

उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति (साउन २३) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई बैंकको शेयर रजिष्ट्रारको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नक्साल, काठमाडौंमा खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै, म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?