National life

नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
778Shares
नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सुरु
ncell

काठमाडौं । नेपालकै पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकलाई लक्षित गर्दै नयाँ प्रवद्र्धनात्मक अभियान ल्याएको छ। बैंकको सेवा प्रदायक F1 Soft International Pvt.Ltd सँगको सहकार्यमा डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘टप अप गरौं, बोनस पाऔं’ नामक अभियान २०८२ सालको पौष महिनाभर सञ्चालन हुने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अभियानअन्तर्गत नेपाल बैंकको एनबीएल मोबाइल बैंकिङ एप प्रयोग गरी २०० रुपैयाँ वा सोभन्दा बढी रकमको टप अप गर्ने ग्राहकहरूमध्ये ८० जनालाई जनही १०० रुपैयाँ बोनस प्रदान गरिने बैंकले जनाएको छ। बोनस प्राप्त गर्ने ग्राहकको विवरण अभियान समाप्त भएपछि सार्वजनिक गरिनेछ।  उक्त अभियानले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर फैलिएका २३१ शाखा, २३७ एटिएम तथा ६१ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। ग्राहक सेवामा सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिको प्रयोगमार्फत सेवा सुविधा विस्तार गरिरहेको नेपाल बैंक प्रतिस्पर्धी बैंकका रूपमा अघि बढिरहेको छ। बैंकका करिब १० लाख ग्राहक डिजिटल माध्यमबाट बैंकिङ सेवा लिँदै लाभान्वित हुँदै आएका छन्।






nic asia capital
यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?