काठमाडौं । नेपाल बैंक लिमिटेडले लिलाम मार्फत सम्पत्ति बिक्री गर्दैछ । बैंकले उल्लेखित ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्तिहरु लिलाम गरी बिक्री गर्न लागेको हो ।
बैंकबाट कर्जा लिई सो बापतको बैंकलाई तिर्नुपर्ने साँवा ब्याज आदि नतिरेपछि बैंकले यस्तो सूचना प्रकाशित गरेको हो । ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्ने भएको हो ।
ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।
धितोमा रहेको उक्त सम्पत्ति लिन इच्छुकले ३५ दिनपछि गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।





































