National life

मधेस प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा सञ्चालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
437Shares
मधेस प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा सञ्चालनमा
ncell

कलैया । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित बरियारपुर रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् ।

सो क्रममा मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।
Royal Enfield
nic asia capital

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली, लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेका थियो ।

हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?