National life

सीईओ पाण्डेको पक्राउमा सर्वोच्चको कारण देखाउ आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.6kShares
सीईओ पाण्डेको पक्राउमा सर्वोच्चको कारण देखाउ आदेश
ncell

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउबारे कारण खुलाउन आदेश दिएको छ।

पाण्डेका पक्षबाट उनकी पत्नी निरु दाहाल ले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायलाई स्पष्टीकरण माग्नुका साथै अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि बोलाएको हो।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोले पाण्डेलाई ‘ठगी’ र ‘आपराधिक विश्वासघात’ सम्बन्धी आरोपमा आइतबार राति सिन्धुलीबाट नियन्त्रणमा लिएको थियो।

पक्राउ गैरकानुनी भएको दाबी गर्दै दाहालले अदालतमा रिट दायर गरेकी हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त मुद्दाको सुनुवाइ अब्दुल अजीज मुसलमान को एकल इजलासमा बिहीबार भएको थियो र हाल प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ।

प्रहरीका अनुसार स्मार्ट टेलिकम प्रालि को सम्पत्ति व्यवस्थापन प्रक्रियामा राज्यको हितविपरीत काम भएको आरोपमा पाण्डेमाथि अनुसन्धान भइरहेको छ। अनुमति नवीकरण नभएपछि सरकारी नियन्त्रणमा आएको सम्पत्तिको लिलामी प्रक्रियामा बैंकको तर्फबाट नियतवश अनियमितता गरिएको दाबी गरिएको छ।

रिटमार्फत निवेदक दाहालले पाण्डेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै तत्काल रिहा गर्न अदालतसँग माग गरेकी छन्।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?