National life

वालिङमा राष्ट्रिय वाणिज्य बैंकको २८२औं शाखा विस्तार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
412Shares
वालिङमा राष्ट्रिय वाणिज्य बैंकको २८२औं शाखा विस्तार
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार शाखा उद्घाटन गरेका हुन् । यससँगै बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रा.वा. बैंकको कर्जाको ब्याजदर तुलनात्मक रुपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ्ग कारोबार गर्न आग्रह गरे ।

गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुब अर्याल, शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

हालसम्म बैंकले ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?