काठमाडाैं । सानिमा बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको हाे ।
बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय भएको छ ।
बैंकले उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ ।































