काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ। बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असोज २१ गते र ढिलोमा आगामी कात्तिक १ गते बैंकिङ समयपछि भनिएको थियो।
मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्ब्याइएको थियो।
बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ बिक्री खुला गरेको छ।
कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
सर्वसाधारणका लागि जारी हुने कुल इकाइमध्ये ५प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी इकाइ सर्वसाधारणलाई छुट्याइएको छ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा सम्पूर्ण इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
सिटिजन्स बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउँछन्।

































