काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले साे निर्णय गरेकाे हाे ।
बैंकले सेयरधनीहरुलाई ५.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र सिटिजन्स बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
सिटिजन्सको हाल चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
उक्त पुँजीमा ५.७९% ले हुने रकम ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्न लागेको हो ।
































