National life

लक्ष्मी सन्राइज बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१४ पुस २०८२, सोमबार
1KShares
लक्ष्मी सन्राइज बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौँ। लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पौष १४ गते काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

साधारण सभामा बैंक सञ्चालक समितिद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको लेखापरीक्षित वित्तीय विवरणमाथि विस्तृत छलफल गरी अनुमोदन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, चालू आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा लक्ष्मी सन्राइज बैंकले ३७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको कुल वासलातको आकार ४४३ अर्ब रुपैयाँ पुगेको छ। समीक्षाअवधिमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?