काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । सरकार परिवर्तनका कारण ढिलाइ भएको नीति आज राष्ट्र बैंकले गत शुक्रवार नै नीति सार्वजनिक गर्ने तयारी गरे पनि सरकार परिवर्तनपछि मौद्रिक नीति ल्याउनमा केही दिनलाई ढिलाइ भएको थियो।
गत साता नै राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले मौद्रिक नीति पारित गरिसकेको जनाएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले मौद्रिक नीतिमा थप परिवर्तनको आवश्यकता रहेको भन्दै केही पर सार्न भनेका थिए जसले गर्दा मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको हो।
https://aarthikvoice.com/archives/37164
राष्ट्र बैंकको आज शुक्रवार बोर्ड बैठक बसिरहेको छ । जसमा मुख्य एजेन्डा मौद्रिक नीति पारित गर्ने विषयमा केन्द्रित रहने जनाएको छ । आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । सार्वजनिक गर्ने भएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने चौतर्फी दबाब भएकै कारण मौद्रिक नीति लचिलो आउने सम्भावना अघिक रहेको छ। अहिले बाह्य सूचकहरु सबल भएकाले लचिलो मौद्रिक नीति आउने अर्थविदको बुझाई रहेको छ।
https://aarthikvoice.com/archives/39454
आन्तरिक अर्थतन्त्रमा आएको मन्दीलाई समाधान गर्नको लागि पनि मौद्रिक नीति लचिलो आउने अर्थविद डा.केशव आचार्य बताउछन्। अर्थविद आचार्यका अनुसार अपेक्षा अनुसार अहिले बैंकको कर्जा प्रवाह हुन् नसकिरहेको अहिलेको बिकराल अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा विस्तारलाई प्रोत्साहन हुने खालको नीति ल्याउने प्रवल सम्भावना रहेको छ।





































