National life

शेयर लगानीकर्ता उत्साहित र अर्थतन्त्र सुदृढ हुने मौद्रिक नीति आएको छ : रौनियार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
1.8kShares
शेयर लगानीकर्ता उत्साहित र अर्थतन्त्र सुदृढ हुने मौद्रिक नीति आएको छ : रौनियार
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाएका छन् ।

यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको छ । राष्ट्रबैंकको तथ्यांक अनुसार यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ।

त्यस्तै, निजी आवासीय घर निर्माण गर्न वा खरिद गर्न प्रदान गरिने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो घर खरिदका लागि कर्जा मूल्य प्रभाव ८० प्रतिशतसम्म र अन्यको हकमा ७० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्रबैंकले मौद्रिक नीति मार्फत व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा केन्द्रित हुँदै लगानीकर्ता छोटेलाल रौनियारले भने समग्रमा आगामी मौद्रिक नीति अपेक्षित र लचक आएको छ । यस मानेमा हामी गभर्नर पौडेल जी प्रति धन्यवाद व्यक्त गर्न चाहन्छौ । उहाँ शेयर बजार र समग्र अर्थतन्त्र सुधारको पक्षमा लचक चिन्तित हुनुहुन्छ र सुधारको अभ्यासमा हुनुहुन्छ भन्ने पुष्टि भएको छ । ु

हामीले १५ करोडको सेयर धितो कर्जा सीमा हटाउनका लागि आग्रह गरेका थियौ । त्यो माग हाम्रो पुरानो नै हो तर उहाँले त्यसलाई बढाएर २५ करोड पुर्‍याउनु भयो त्यो पनि सकरात्मक नै हो। यसले व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा बढेमा शेयर बजारमा लगानी बढ्ने र बजारले फेरि बढोत्तरी ल्याउने संकेत गर्दछ । यसले हाल बैंकमा चुलिएको तरलता समेत केही हदसम्म कम गर्नमा सहयोग गर्छ । रौनियारले भने ।

साथै, लघुवित्त वित्तीय संस्थाहरूमाथि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नसक्ने गरी लगाएको रोक हटाउने निर्णयले भने केही निराशा सृजना गर्छ कि भन्ने लागेको उनको भनाई छ । लघुवित्तहरूले लाभांश दिने कुरामा कति कमाउँछ भन्ने कुरा पनि मुख्य हुने भएको कारण यसलाई पुन मूल्यांकन गर्न आवश्यक रहेको उनको भनाई छ ।

साथै त्यो सँगै जोडिएर आएको लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्था अनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने विषय जोडिएको कारण उक्त विषय समेत स्वागत योग्य भएको उनको भनाइ छ ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न उद्यमी व्यवसायीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आवासीय घर कर्जाको सीमा बढाएर ३ करोड पुर्‍याउन आग्रह गर्दै आएको अवस्थामा त्यसको सम्बोधन भएको र यसले आर्थिक गतिविधिमा सुधार ल्याउने बताएका छन् ।

समग्रमा लगानीकर्ताले अपेक्षा अनुसारको मौद्रिक नीति आएको र यसको स्वागत गर्न जरुरी रहेको रौनियारको भनाई छ । मेरो व्यक्तिगत धारणाबाट हेर्दा उहाँले निकै सकरात्मक भएर मौद्रिक नीतिमा मेहनत गर्नुभएको छ । यसले अर्थतन्त्रको चौतर्फी मार्ग खुला गर्छ भन्ने लागेको छ । केही विषयमा अझै छलफल गर्न आवश्यक छ भन्ने लाग्छ ।

हाल बजारमा असार मसान्तको चाप सकिएको छ । लगानीकर्तालाई राहत मिलेको बैंक वित्तीय संस्थाको ब्याजदर घटेको छ । यसले के संकेत गर्छ त भने अब बजारले थप तीव्र रूपमा बढोत्तरी ल्याउँछ र लगानीकर्ताको मनोबल उच्च बनाउँछ भन्ने लाग्दछ । रौनियारले खुशी व्यक्त गर्दै भने ।

 

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?