National life

मौद्रिक नीतिको कार्यदिशाका विषयमा अन्तरक्रिया, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अर्थविद्हरूको जोड

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१० पुस २०८२, बिहिबार
1.4kShares
मौद्रिक नीतिको कार्यदिशाका विषयमा अन्तरक्रिया, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अर्थविद्हरूको जोड
ncell

काठमाडौँ । मुलुकको समग्र आर्थिक अवस्था, वित्तीय प्रणालीको वर्तमान स्थिति तथा मौद्रिक नीतिको आगामी दिशाबारे छलफल गर्न केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अर्थशास्त्री, वित्तीय क्षेत्रका विज्ञ तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विश्वनाथ पौडेलले देशको पूर्वाधार विकास अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गरे। उनले पूर्वाधार संरचना सुदृढ गर्न संस्थागत क्षमताको विकास अपरिहार्य रहेको बताउँदै वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्पष्टता र संरचनागत सुधार आवश्यक भएको धारणा राखे।

कार्यक्रममा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले वर्तमान आर्थिक तथा वित्तीय अवस्थासहित मौद्रिक नीतिको कार्यदिशालाई समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए। उनले समष्टिगत आर्थिक परिवेश, वित्तीय क्षेत्रको अवस्था, विद्यमान चुनौती र तिनको समाधानका लागि सरकार तथा राष्ट्र बैंकबाट गरिएका नीतिगत प्रयासका साथै दीर्घकालीन सुधारका सम्भावित मार्गबारे प्रस्तुति दिएका थिए।

कार्यपत्रमाथि टिप्पणी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् पृथ्वीराज लिगलले राष्ट्रिय बचतको आकार बढे पनि लगानीको प्रवृत्ति कमजोर रहेको बताए। बाह्य क्षेत्र तुलनात्मक रूपमा सन्तुलित देखिए पनि आन्तरिक आर्थिक सूचकहरू कमजोर रहेको उल्लेख गर्दै उनले हालको अतिरिक्त तरलतालाई उत्पादनशील क्षेत्रमा प्रवाह नगरेसम्म अर्थतन्त्रमा सुधार आउन कठिन हुने धारणा व्यक्त गरे।

यस अवसरमा अर्थविद् डा. गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सरकार सक्रिय हुनुपर्ने बताए। अर्थशास्त्री डा. कल्पना खनालले ब्याजदर निरन्तर ओरालो लाग्दा पुँजी बाहिरिने जोखिम बढ्न सक्ने भन्दै उपलब्ध वित्तीय स्रोतलाई विकास परियोजनामा केन्द्रित गर्नुपर्ने सुझाव दिइन्।

त्यस्तै, राष्ट्रिय आयोगका पूर्व सदस्य तथा सह प्राध्यापक डा. रमेशचन्द्र पौडेलले अर्थतन्त्र सुस्त अवस्थामा रहेको उल्लेख गर्दै वैदेशिक लगानी प्रवर्द्धन, उत्पादन वृद्धि र उत्पादकत्व सुधारका लागि सबल वित्त नीतिको आवश्यकता औँल्याए।

कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वरिष्ठ अधिकारी, नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, उद्योगी, व्यवसायी, बैंकर, सञ्चारकर्मी तथा आर्थिक–वित्तीय क्षेत्रसँग आबद्ध विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रस्तुत कार्यपत्र र समसामयिक आर्थिक अवस्थाबारे आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए।

कार्यक्रमको समापनमा राष्ट्र बैंकका प्रवक्ता तथा मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै वित्तीय प्रणालीलाई सुदृढ र चलायमान बनाउन राष्ट्र बैंकले अघि सारेका नीतिगत पहलहरूबारे जानकारी दिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?