National life

कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
365Shares
कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर
ncell

काठमाडौं । माघदेखि लागू हुने गरी कामना सेवा विकास बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेको छ। बैंकले माघबाट लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ प्रतिशत र संस्थागतको ७ प्रतिशत दिने भएको छ। पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागतको ७.६० प्रतिशत थियो।

Royal Enfield
nic asia capital

बैंकले निक्षेप बचत खाताको ब्याजदर न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म दिने भएको छ। पुसमा यी खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म ब्याजदर दिएको थियो। त्यस्तै ,बैंकले कल निक्षेपको ब्याजदर पनि २.३० प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गरेको छ।

बैंकको आधारदर घटेर ११.१४ प्रतिशत कायम भएको छ। यसअघि आधारदर ११.५२ प्रतिशत थियो। आधारदार घटेसँगै अब माबाट कर्जाको ब्याजदर पनि घट्ने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
365SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?