National life
cg eloctronics

कामना सेवा विकास बैंकले सबै सुचकमा मार्यो छलाङ्ग ,खुद नाफामा ६६.९३ % ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
526Shares
कामना सेवा विकास बैंकले सबै सुचकमा मार्यो छलाङ्ग ,खुद नाफामा ६६.९३ % ले वृद्धि
ncell

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। जुन गत आर्थिक बर्षको यसै अवधिको भन्दा २.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै यस अवधिसम्ममा बैंकको खुद शुल्क र कमिशन आम्दानी २४ करोड १ँ६ लाख रुपैयाँबाट बढेर २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २१.२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म बैंकले ग्राहकहरुबाट ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन अघिल्लो आवको तुलनामा १०.४६ प्रतिशत र कर्जा प्रवाह ४.८८ प्रतिशतले बढी हो । समिक्षा अवधिमा बैंकको रिटेन्ड अर्निङ ५७८.३६ प्रतिशतले वृद्धि भएर ३५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकले रिजर्भका आकार पनि १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ ।

nic asia capital

यस अवधिमा बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा ३० करोड ४० लाख रुपैयाँ छुट्टाएको छ ।यस अवधिमा बैंकको खराव कर्जा अनुपात अघिल्लो आवको चौथौ त्रैमासको भन्दा थोरैले मात्र बढेर ३.२१ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ करोड २७ लाखबाट बढेर ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन ५७८.३६ प्रतिशतले बढी हो ।

यस अवधिसम्म बैंकको ईपीएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा र तरलता अनुपात २४.६९ प्रतिशत पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?