National life

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
523Shares
कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता
ncell

काठमाण्डौ । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानतसम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्रबापतको बैंक जमानत९बैंक ग्यारेन्टी० कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेश गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंक जमानत लिई सो सँग सम्बन्धित कागजातहरु अनलाईन माध्ययद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ । उक्त सम्झौतामा बैंककातर्फवाट प्रमुखकार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिकखरिद अनुगमन कार्यालयका तर्फवाट कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैक जमानत लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जालर ७७ वटा एटिएम वुथमार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?